Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts
चीनले पेट्रोल र ग्यासको व्यापारका लागि लागि शुल्क यातायात
चीनले पेट्रोल र ग्यासको व्यापारका लागि लागि शुल्क यातायात तथा अन्य प्रविधिबारे विस्तृतमा अध्ययन गर्न नेपाललाई सुझाब दिएको छ । नेपालबाट सोबारे अध्ययन गर्न आयल नियमका दुई अधिकारी शुक्रबारै बेइजिङ आइपुगेका छन् । त्यस्तै, चीनले उपहारस्वरूप नेपालको उत्तरी क्षेत्रलाई थप इन्धन उपलब्ध गराउने भएको छ । चीन र नेपालको उच्चस्तरीय तहमा पेट्रोल र ग्यासमा दीर्घकालीन व्यापार गर्ने सहमतिसँगै चीनबाट इन्धन भित्रिने पक्का भएको छ ।
भारत र चीनबीच नेपाल हुनु फाइदामूलक
उनले भारत र चीनको बीचमा रहेको नेपालको भौगोलिक अवस्थितिको बेफाइदाभन्दा फाइदा बढी भएको पनि बताए । ‘यी दुवै देशको बीचमा हुनु नेपालको फाइदाको विषय हो,’ उनले भने, ‘६० वर्ष पुगेको छ, अब हामीले हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउने प्रयास गर्नुपर्छ ।’ नेपालमा चीन र भारतको प्रतिस्पर्धा भइरहेको भन्ने प्रश्नमा विदेशमन्त्री वाङले चीन र भारत आपसी हितका लागि दुवै देशले सहकार्य गरिरहेको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
तीन देशबीच ‘विन–विन’को अवस्था हुने गरी सहकार्य
चिनियाँ विदेशमन्त्री वाङले नेपाल भारत र चीन हिमाल र नदीले जोडिएका र प्राकृतिक रूपमै विकासको साझा साझेदार भएको उल्लेख गर्दै तीन देशले ‘विन–विन’को अवस्था हुने गरी सहकार्य गर्नुपर्ने बताए । ‘चीनले सधैँ आकार जे भए पनि देश बराबर हुने विषयमा एड्भोकेसी गर्दै आएको छ । अर्काे मुलुकलाई सधैँ बराबरको व्यवहार गर्छ । यसमा भारतको पनि त्यही नीति र प्राक्टिस रहँदै आएको हाम्रो विश्वास छ,’ उनले अगाडि भनेका छन् ।
पेट्रोलको लाइनमा बस्न गएका दुईको मृत्यु
काठमाडौं, ११ पुस । पोखरामा पेट्रोलको लाइनमा बस्न गएका दुई जनाको दुर्घटनामा परी शुक्रबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–१ञ्६ बाटुलेचौरका सुशील कार्की र विवेक खवास रहेका छन् । उनीहरु चढेको मोटरसाइकल पोखरा–१ सिम्पानिस्थित लामपाटनको सडकमा पार्किङ गरिराखेको ट्याक्टरमा ठोक्किएको थियो । एकजनाको घटनास्थलमै र अर्का एकको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
टेलिकमको ब्यालेन्स ट्रान्सफर सुविधा नयाँ तरिकासहित फेरी सुरु, यसरी गरौं ब्यालेन्स ट्रान्सफर
नेपाल टेलिकमले केही समयको अन्त्रालपछि पुनः ब्यालेन्स ट्रान्सफर सुविधा सुरु गरेको हो । यसअघि प्राविधिक समस्याका कारण रोकिएको यो सुविधा टेलिकमले पुनः सुरु गरेको हो । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सेवा पुनः सुरु गरिएको टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले जानकारी दिए । उनका अनुसार अब ब्यालेन्स ट्रान्सफर गर्दा पैसाको ठाउँमा सिधै पैयाँ लेखे पुग्नेछ । यसअघि १० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्दा १००० पैसा लेख्नुपर्ने भएपनि अब १० रुपैयाँ ट्रान्सफर गर्दा १० मात्रै लेखे पुग्नेछ । एक पटकमा १० देखि १ सय रुपैयाँसम्म र एक दिनमा ५ पटकसम्म एउटा नम्बरबाट ब्यालेन्स ट्रान्सफर गर्न सकिने टेलिकमले जनाएको छ । ब्यालेन्स ट्रान्सफर गर्नका लागि *422*security code no*phone no* Rs# डायल गर्न सकिनेछ ।
फेसबुकमा यो पोष्ट शेयर गरेबापत ४.५ मिलियन डलर पाउने
फेसबुकका सिईओ मार्क जुकेरबर्गले आफ्नो छोरीको जन्मपश्चात फेसबुक प्रयोगकर्तालाई ‘फेसबुक’ विश्वकै शक्तिशाली सञ्चार माध्यम बनेको भन्दै प्रयोगकर्तालाई धन्यवाद दिएको आफ्नो पोष्ट शेयर गरेबापत भाग्यशाली हजार जनालाई लाखौँ डलर दिने विषय अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । आफ्नो उक्त पोष्ट शेयर गरेबापत हजार जना भाग्यशाली प्रयोगकर्तालाई ४.५ मिलियन डलर दिइने जुकेरबर्गले आफ्नो पोष्टमा समेत जानकारी गराएको छ । फेसबुकमा मार्कजुकेरबर्गको नाममा गरिएको पोष्ट यस्तो छ - Can't wait to see who the lucky recipients are...According to Good Morning America, Not a hoax! Mark Zuckerberg has announced that he is giving away $45 billon of Facebook stock. What you may not have heard is that he plans to give 10% of it away to people like YOU and ME! All you have to do is copy and paste this message into a post IMMEDIATELY. At midnight PST,Facebook will search through the day's post and award 1000 people with $4.5 million Each as a way of saying thank you for making Facebook such a powerful vehicle for connection. #Markzucukerberg
Subscribe to:
Posts (Atom)

