Pages

Catagory

Powered by Blogger.

Action Moves

चीनले पेट्रोल र ग्यासको व्यापारका लागि लागि शुल्क यातायात


चीनले पेट्रोल र ग्यासको व्यापारका लागि लागि शुल्क यातायात तथा अन्य प्रविधिबारे विस्तृतमा अध्ययन गर्न नेपाललाई सुझाब दिएको छ । नेपालबाट सोबारे अध्ययन गर्न आयल नियमका दुई अधिकारी शुक्रबारै बेइजिङ आइपुगेका छन् । त्यस्तै, चीनले उपहारस्वरूप नेपालको उत्तरी क्षेत्रलाई थप इन्धन उपलब्ध गराउने भएको छ । चीन र नेपालको उच्चस्तरीय तहमा पेट्रोल र ग्यासमा दीर्घकालीन व्यापार गर्ने सहमतिसँगै चीनबाट इन्धन भित्रिने पक्का भएको छ ।
भारत र चीनबीच नेपाल हुनु फाइदामूलक
उनले भारत र चीनको बीचमा रहेको नेपालको भौगोलिक अवस्थितिको बेफाइदाभन्दा फाइदा बढी भएको पनि बताए । ‘यी दुवै देशको बीचमा हुनु नेपालको फाइदाको विषय हो,’ उनले भने, ‘६० वर्ष पुगेको छ, अब हामीले हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउने प्रयास गर्नुपर्छ ।’ नेपालमा चीन र भारतको प्रतिस्पर्धा भइरहेको भन्ने प्रश्नमा विदेशमन्त्री वाङले चीन र भारत आपसी हितका लागि दुवै देशले सहकार्य गरिरहेको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
तीन देशबीच ‘विन–विन’को अवस्था हुने गरी सहकार्य
चिनियाँ विदेशमन्त्री वाङले नेपाल भारत र चीन हिमाल र नदीले जोडिएका र प्राकृतिक रूपमै विकासको साझा साझेदार भएको उल्लेख गर्दै तीन देशले ‘विन–विन’को अवस्था हुने गरी सहकार्य गर्नुपर्ने बताए । ‘चीनले सधैँ आकार जे भए पनि देश बराबर हुने विषयमा एड्भोकेसी गर्दै आएको छ । अर्काे मुलुकलाई सधैँ बराबरको व्यवहार गर्छ । यसमा भारतको पनि त्यही नीति र प्राक्टिस रहँदै आएको हाम्रो विश्वास छ,’ उनले अगाडि भनेका छन् ।

No comments:

Post a Comment