Pages

Catagory

Powered by Blogger.

Action Moves

टेलिकमको ब्यालेन्स ट्रान्सफर सुविधा नयाँ तरिकासहित फेरी सुरु, यसरी गरौं ब्यालेन्स ट्रान्सफर

नेपाल टेलिकमले केही समयको अन्त्रालपछि पुनः ब्यालेन्स ट्रान्सफर सुविधा सुरु गरेको हो । यसअघि प्राविधिक समस्याका कारण रोकिएको यो सुविधा टेलिकमले पुनः सुरु गरेको हो । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सेवा पुनः सुरु गरिएको टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले जानकारी दिए । उनका अनुसार अब ब्यालेन्स ट्रान्सफर गर्दा पैसाको ठाउँमा सिधै पैयाँ लेखे पुग्नेछ । यसअघि १० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्दा १००० पैसा लेख्नुपर्ने भएपनि अब १० रुपैयाँ ट्रान्सफर गर्दा १० मात्रै लेखे पुग्नेछ । एक पटकमा १० देखि १ सय रुपैयाँसम्म र एक दिनमा ५ पटकसम्म एउटा नम्बरबाट ब्यालेन्स ट्रान्सफर गर्न सकिने टेलिकमले जनाएको छ । ब्यालेन्स ट्रान्सफर गर्नका लागि *422*security code no*phone no* Rs# डायल गर्न सकिनेछ ।

No comments:

Post a Comment